थियानजिन। शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका अवसरमा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओस जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच द्विपक्षीय भेटवार्ता भएको छ।
भेटवार्तामा दुवै नेताले दुई देशबीचको सहकार्य र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने विषयमा छलफलभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।