काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाल ‘ए’ र आसाम प्रदेश क्रिकेट संघबीचको पाँच खेलको टी–२० सिरिजको निर्णायक खेल आज हुँदैछ।

चौथो खेलमा नेपाल १८ रनले पराजित भएपछि एक खेल अगाडि सिरिज जित्ने अवसर गुमाएको थियो। आसामले सुरुमा दिएको १७५ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाललाई अन्तिम खेलमा उपाधि सुनिश्चित गर्ने दबाब परेको छ।

पहिलो खेलमा डक वर्थ–लुइस (डीएल) पद्धति अनुसार १५ रनले पराजित नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः ९६ र ९ रनले जित हासिल गरेको थियो।

पाँचौं खेल आज  सोमबार साँझ ५ बजे सुरु हुँदैछ।