काठमाडौं। राजसंस्था पुन:स्थापनाको आन्दोलनको कार्यबाहक संयोजक राप्रपा महामन्त्री धवलशमशेर राणालाई दिइएको छ।
राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दवलन समितिका संयोजक नवराज सुवेदीले आफू देशबाहिर रहेकाले उक्त जिम्मेवारी राणालाई दिएको जनाएका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि आन्दोलनको कार्यबाहक संयोजक राणालाई दिएको जानकारी दिए। “म देशबाहिर रहुञ्जेल, मेरो उपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यबाहक संयोजकको रूपमा आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणालाई अख्तियारी दिएको छु,” सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
चैत १५ गते तीनकुने घटनापछि राजसंस्थावादीहरूमा मतभिन्नता छ। तीनकुने घटनामा राणाविरूद्ध ज्यान मार्ने उद्योग र राज्यविरूद्धको अपराधमा मुद्दा विचाराधीन छ। सोही घटनापछि राजसंस्था पुन:स्थापनाको आन्दोलन सेलाएको छ।