काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख पाँच हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै सोमबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँ कायम भएको छ ।