काठमाडौँ
००:००:००
११ पुष २०८२, शुक्रबार

२८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ।

सार्वजनिक पदमा पुगेको व्यक्ति विवादमा परेपछि ट्रान्सपरेन्सीको कार्यसमितिले निलम्बन गर्ने निर्णय गरेको हो।

किशोरीको डिम्ब तस्करीको अभियोग लागेको होप फर्टिलिटी सेन्टरमा महान्यायाधिवक्ता भण्डारीकै लगानी रहेको खुलेपछि ट्रान्सपरेन्सीले उनलाई राजीनमा दिन भनेको थियो। तर उनले अटेर गरेकी थिइन्। आज भने भण्डारीलाई निलम्बन गरेको हो।