काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग बराबरीमा रोकिएको छ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बोर्नमाउथ ४-४ गोलको बराबरीमा रोकिएका हुन्।
म्यानचेस्टर युनाइटेडका लागि अमाद डायलोले १३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उसका लागि कासेमिरो, ब्रुनो फनान्डेज र म्याथियम कुन्हाले गोल चार गोल गरे।
बोर्नमाउथका लागि एन्टोनी सेमेन्यो, एभानिल्सन, मार्कस टेभेर्नियर, एलि जुनियर क्रोउपीले एक एक गोल गरेका थिए।
यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको १६ खेलमा २६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ। त्यस्तै बोर्नमाउथको १६ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ।