काठमाडौँ
००:००:००
१ पुष २०८२, मंगलवार

१ पुष २०८२
अ+
अ-

काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचन अपरान्ह ४ बजेपछि सुरु हुने भएको छ।

यसअघि दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने तयारी रहे पनि प्राविधिक कारणले ढिलाइ भएको हो।

 अन्तिम उम्मेदवारको नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली अहिले चुनावको प्राविधिक तयारीमा जुटेको छ। डिजिटल तयारी पूरा भएपछि  मतदान सुरु हुने बताइएको छ।

महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिनबाट मतदान प्रक्रिया सञ्चालन गरिने र प्रत्येक मतदाताले भोट हाल्न करिब ३५–४० मिनेट लाग्ने छ।