काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनबाट महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। पोखरेल यसअघि पनि सौरहामा सम्पन्न १०औँ महाधिवेशनबाट महासचिव पदमा निर्वाचित भएका थिए।
पोखरेलले एक हजार २२८ मत प्राप्त गर्दा महासचिव पदका अर्का प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाए। पोखरेल र पाण्डेबीचको मतान्तर २२९ रहेको छ।
पोखरेल केपी शर्मा ओलीको प्यानलबाट निर्वाचनमा होमिएका थिए भने पाण्डे ईश्वर पोखरेलको प्यानलबाट। यता अध्यक्षमा ओलीले एक हजार ६६३ मत प्राप्त गर्दै एक हजार ९९ मतले पोखरेललाई हराउँदै ‘ह्याट्रिक’ गरेका छन्।
मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ।