त्यो काण्ड
बलिउडकी ‘ड्रिम गर्ल’ हेमा मालिनीको डान्स सो आयोजना गर्ने भनेर २०२७ सालमा टिकट बिक्री भइसकेको थियो। तर, भारतले एक्कासि आर्थिक नाकाबन्दी लगाएपछि उनको सो नै रोकियो। भएको के थियो?
दुई वर्षअघि मात्र उनले सपनोंका सौदागर (सन् १९६८) बाट बलिउडमा ‘डेब्यु’ गरेकी थिइन्। भारतीय सिने जगत्का ‘सो म्यान’ राज कपुरको ‘अपोजिट’ भूमिकामा काम गरेकी उनीबाट धेरै आशा गरिएको थियो। तर, ४४ वर्षीय राज कपुरसँग भर्खर १६ वर्ष लागेकी उनको जोडी रुचाइएन। फिल्म फ्लप भयो। पछि, राज कपुरले त्यो फिल्ममा अभिनय गर्नु आफ्नो ठूलो भुल भएको स्वीकार गरे।
उनी अर्थात् हेमा मालिनी, बलिउडकी ‘ड्रिम गर्ल’। पहिलो फिल्म बक्स-अफिसमा नराम्ररी पछारिए पनि उनले आफ्नो सौन्दर्य र नृत्यले दर्शकलाई मोहित पारेकी थिइन्।
याे जानकारी पाएपछि हिन्दी फिल्मका नेपाली पारखीहरूमा खुसीको सीमै रहेन। पर्सिपल्ट गोरखापत्रमा हेमा मालिनीको डान्स सोबारे विज्ञापन नै छापियो।
यसपछि उनलाई फिल्मका अनेक प्रस्ताव आए। अर्को वर्ष जितेन्द्रसँग वारिस र शशी कपुरसँग जहाँ प्यार मिलेजस्ता फिल्ममा काम गरिन्। दुवै फिल्मले राम्रो व्यापार गर्न सकेनन्।
दोस्रो वर्ष सन् १९७० मा धर्मेन्द्रसँग तुम हसिन मैं जवान फिल्ममा देखिइन्। धर्मेन्द्रसँग उनको त्यो पहिलो फिल्म थियो। त्यही फिल्ममा काम गर्ने क्रममै दुवैबीच प्रेमसम्बन्ध गाँसियो। यसको १० वर्षपछि बिहे नै गरे।
सन् १९७० मा हेमाका पाँच वटा फिल्म रिलिज भएका थिए। जसमध्ये सराफतमा उनले गरेको नृत्यको निकै तारिफ भयो। अशोक कुमार र धर्मेन्द्र अभिनीत यस फिल्ममा हेमाले नृत्य गरेको गीत ‘सराफत छोड दि मैने’ यति हिट भयो, त्यस वर्षको बीनाका गीत मालाको सूचीमा नवौँ स्थान ओगट्न सफल भयो। त्यस गीतमा उनले मुज्रा गरेकी थिइन्। हेमाभन्दा अगाडि भारतीय सिनेमामा वहिदा रहमानको ठूलो वाहवाही थियो। तिनताका उनीजत्तिको नृत्य गर्न सक्ने कलाकार नै छैन भनिन्थ्यो।
तर, सराफत फिल्ममा गरेको नृत्यले हेमाको ख्याति चुलियो। उनको कलाको पारखी भारतमा मात्र सीमित रहेनन्, नेपालमा पनि गाइँगुइँ सुरु भयो।
यसैबीच नेपालस्थित भारतीय दूतावासले १३ कात्तिक २०२७ मा पत्रकार सम्मेलन गरेर सोही महिनाको २१ देखि २९ गतेसम्म काठमाडौँका विभिन्न ठाउँमा भारतीय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गर्यो। महोत्सवमा भारतबाट चर्चित सिने अभिनेता र अभिनेत्री, विभिन्न लघुचलचित्रका निर्माता एवं निर्देशक गरी करिब ६० जना आउने जानकारी गराइयो। अन्तिममा भनियो– २९ गते ‘इभिनिङ विथ द स्टार्स’ कार्यक्रममा हेमा मालिनीको नृत्य प्रस्तुत गरिनेछ।
तर, त्यसबीचमा एउटा घटना भयो। नेपालले उत्तरी नाकामा रहेको भारतीय चेक पोस्ट हटाउन सुरु गरेपछि भारत सरकारले एक्कासि नेपाललाई आर्थिक नाकाबन्दी लगायो।
यो जानकारी पाएपछि हिन्दी फिल्मका नेपाली पारखीहरूमा खुसीको सीमै रहेन। पर्सिपल्ट गोरखापत्रमा हेमा मालिनीको डान्स सोबारे विज्ञापन नै छापियो। जसमा लेखिएको थियो–
हेमा मालिनीद्वारा नृत्य प्रदर्शन
राष्ट्रिय सभा गृहमा यो कार्यक्रम हेर्नोस् शनिश्चरबार
कार्तिक २९ गते साँझपख
टिकट दर रु. १००, ५०, २५ र १०
भारतीय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष नियुक्त गरिएका थिए, राजा महेन्द्रका भाइ अधिराजकुमार बसुन्धरा शाह। उपाध्यक्षमा भारतीय राजदूत राजबहादुर स्वयं हुँदा काठमाडौँका सिने पारखी ढुक्क थिए, हेमा मालिनी जुनसुकै अवस्थामा कार्यक्रममा आइपुग्छिन्।

हेमा मालिनी
बसुन्धरा त्यसबेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि थिए। त्यसैले हेमा मालिनीको कार्यक्रमबाट उठ्ने पैसा ओलम्पिक कमिटीको खातामा जाने र टिकट पाइने स्थान बागदरबारस्थित राखेपको कार्यालय तोकिएको थियो। कार्यक्रमका लागि जोडतोडका साथ तयारी पनि थालियो।
तर, त्यसबीचमा एउटा घटना भयो। नेपालले उत्तरी नाकामा रहेको भारतीय चेक पोस्ट हटाउन सुरु गरेपछि भारत सरकारले एक्कासि नेपाललाई आर्थिक नाकाबन्दी लगायो।
नेपाल र भारतबीच सन् १९६० मा भएको व्यापार र पारवहन सन्धिको अवधि १५ कात्तिक २०२७ मा समाप्त हुँदै थियो। सन्धिको अवधि थप्न नेपालले एक वर्षअघिदेखि नै प्रयास थालेको थियो। तर, भारतले आलटाल गरिरहेको थियो। नेपालले भारतसँग वाणिज्य र पारवहन दुई विषयमा सन्धि गर्न चाहेको थियो। नेपालको मत थियो– वाणिज्य सन्धि नेपाल-भारतको व्यापार सम्बन्धलाई सुदृढ गर्न आपसी हितलाई ध्यानमा राखेर गरिनुपर्छ, तर पारवहन सुविधा भूपरिवेष्ठित देशलाई तेस्रो मुलुकसँग व्यापारका लागि चाहिने विषय हो।
यही विषयमा उद्योग वाणिज्यमन्त्री नवराज सुवेदी भारतीय समकक्षी ललित नारायण मिश्रसँग वार्ता गर्न १२ कात्तिकमा दिल्ली गए। तर, वार्ता सफल भएन। सुवेदीलाई प्रभावमा पार्न भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भेट्ने चाहना राखेकी थिइन्। उनी नभेटी फर्किए। त्यसबेलाको घटनाक्रम सम्झँदै उनी भन्छन्, “राजाले प्रधानमन्त्री भेट्ने म्यान्डेट मलाई नदिएको भनेर टारेँ।”
दिल्लीबाट फर्किएपछि सुवेदीले नेपाल उद्योग व्यापार संघले आयोजना गरेको गोष्ठीमा नेपालप्रति भारतीय नीति असहयोगी रहेको आरोप लगाए।
यसअघि भारतीय चेकपोस्ट हटाउने सन्दर्भमा राजा महेन्द्रले ३ कात्तिकमा भारतीय अखबार टाइम्स अफ इन्डियाका दिल्ली ब्युरो प्रमुख दिलीप मुखर्जीलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘सैनिक दल फिर्ता गरिएपछि नेपाल वा भारतको हितमा धक्का लाग्ने खालका सूचनाहरू आदानप्रदान गर्नेबारेमा भारतसँग हाम्रो पूर्ण समझदारी छ। उहाँहरूले यहाँको राजदूतावासमा उच्च सैनिक अधिकारीहरू राख्न चाहनुभएको छ। यदि तिनीहरू खास अवधि र कामका लागि राखिने भए हामीलाई आपत्ति छैन।’
देव आनन्द १६ फागुन २०२६ मा तत्कालीन युवराज वीरेन्द्र शाहको विवाहमा सहभागी हुन काठमाडौँ आएका थिए। त्यतिबेला उनी नेपालको प्राकृतिक सौन्दर्यबाट मोहित भए। त्यसैले अर्को महिना आफ्ना भाइ, फिल्म निर्देशक विजय आनन्द र सुटिङ युनिटसहित जोनी मेरा नामको छायांकनका लागि काठमाडौँ आए।
बीचमा सम्बन्ध सुधारका धेरै प्रयास भए। तर, काम लागेन। भारतले नाकाबन्दी गरेपछि नेपालभित्र यति ठूलो भारतविरोधी माहोल बन्यो, १८ कात्तिकमा भारतीय चलचित्र महोत्सव समितिले आकस्मिक बैठक गरेर महोत्सव रद्द भएको घोषणा गर्नुपर्यो।
भारतीय राजदूत राजबहादुरको अध्यक्षतामा बसेको बैठकले भन्यो, ‘नेपाल र भारतबीच व्यापार तथा पारवहनसम्बन्धी वार्ता नटुंगिएकाले हाल महोत्सवको वातावरण नभएको हुँदा प्रस्तावित भारतीय चलचित्र महोत्सव आयोजना नगरियोस् भन्ने विद्यार्थीहरूको केही समूहले गरेको मागमा विचार गर्न आज साँझ बसेको उक्त समितिको बैठकले सो निर्णय गरेको हो।’
नाकाबन्दीको विरोधमा काठमाडौँमा विद्यार्थीले विरोध सभा गरे। उनीहरूले हिन्दी फिल्ममा प्रतिबन्ध लगाउन सरकारसँग माग राखे। हेमा मालिनीको नृत्य हेर्न काठमाडौँका थुप्रै सम्भ्रान्तहरूले टिकट काटिसकेका थिए। तर, महोत्सव रद्द भएपछि उनीहरूको चाहना अधुरै रह्यो।
रोचक कुरा, काठमाडौँमा हेमा मालिनीको कार्यक्रम रद्द भइरहँदा भारतमा भने १७ दिनपछि ५ मंसिरमा उनी अभिनीत अर्को फिल्म रिलिज भयो– जोनी मेरा नाम।

फिल्म ‘जोनी मेरा नाम’को एक दृश्य
पछि, त्यो फिल्म काठमाडौँका सिनेमा हलमा पनि प्रदर्शन भयो। यो फिल्म हेर्न दर्शकको उत्साह देखेर फिल्मका वितरकहरू नै चकित परे। त्यो फिल्मप्रति नेपालीहरूले बढी चासो राख्नुका प्रमुख तीन कारण थिए। पहिलो कारण, हेमा मालिनीको रद्द भएको कार्यक्रम। दोस्रो, ‘अपोजिट’ कलाकारमा देव आनन्दको भूमिका। तेस्रो, फिल्मको छायांकन नेपालका विभिन्न ठाउँमा भएका थिए- ललितपुर गोदावरीस्थित वनस्पति उद्यान, नगरकोट, सोल्टी होटलको क्यासिनोलगायत।
देव आनन्द १६ फागुन २०२६ मा तत्कालीन युवराज वीरेन्द्र शाहको विवाहमा सहभागी हुन काठमाडौँ आएका थिए। त्यतिबेला उनी नेपालको प्राकृतिक सौन्दर्यबाट मोहित भए। त्यसैले अर्को महिना आफ्ना भाइ, फिल्म निर्देशक विजय आनन्द र सुटिङ युनिटसहित जोनी मेरा नामको छायांकनका लागि काठमाडौँ आए।
यसपछि काठमाडौँमा रमाइलो टिप्पणी भयो- देख्यौ नि, हाम्रो नेपालमा सुटिङ गरेपछि हेमा मालिनीको फिल्मी करिअर उकालो लाग्यो!
फिल्मको चर्चित गीत ‘नफरत करने वालो के सिने में प्यार भर दुँ’ को सबै दृश्य गोदावरीको उद्यानमा छायांकन गरिएको थियो। अर्को चर्चित गीत ‘ओ मेरे राजा, खफा नहोना’ को बोल ‘कहो ये गालो के अंगारे किस के लिए है’ मा देखिएको दृश्य पनि नेपालमै छायांकन गरिएको हो। द्वन्द्वको केही दृश्य नगरकोटमा छायांकन गरिएको थियो।
नेपालको सरकारी अखबार द राइजिङ नेपालमा खेलकुदसँगै मनोरञ्जन विधामा लामो समय लेखेका प्रोफेसर पी खरेल भन्छन्, “त्यो फिल्म हेर्न काठमाडौँको हलमा लागेको भिड देख्दा छक्क परेका थियौँ। एक त देव आनन्दको क्रेज, त्यसमा पनि काठमाडौँमा सुटिङ भएको भनेपछि फिल्म नहेर्ने युवायुवती सायदै कोही थिए।”
हेमा मालिनीको त्यो पहिलो ‘ब्लकबस्टर’ फिल्म थियो। फिल्मले त्यस वर्ष भारु आठ करोड कमाएको थियो।
प्रोफेसर खरेल भन्छन्, “४० वटा सिनेमा हलमा सिल्भर जुब्ली मनायो भन्थे। नेपालमा मात्र होइन, बर्मामा समेत फिल्मले राम्रो कमाइ गरेको थियो।”
जोनी मेरा नामअघि हेमा मालिनीले दक्षिण भारतका दुई र हिन्दीका सात गरी कुल नौ वटा फिल्ममा काम गरिसकेकी थिइन्। तर, जोनी मेरा नामले जस्तो प्रसिद्धि उनलाई अघिल्ला कुनै फिल्मले दिन सकेका थिएनन्। यसपछि काठमाडौँमा रमाइलो टिप्पणी भयो- देख्यौ नि, हाम्रो नेपालमा सुटिङ गरेपछि हेमा मालिनीको फिल्मी करिअर उकालो लाग्यो!