काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

४ पुष २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएको व्यक्तिलाई उच्च अदालत पाटनले धरौटीमा थुनामुक्त गर्न दिएको आदेश चित्त नबुझेको भन्दै एक युवतीले विष सेवनको प्रयास गरेकी छिन्।

यो घटना विहीबारको हो। कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसपछि सरकारी कार्यालयकी कर्मचारीसमेत रहेकी अन्दाजी ३० वर्षे युवतीले जबर्जस्ती करणी मुद्दामा जिल्लाको थुनछेक आदेशले थुनामा पठाएका व्यक्तिलाई धरौटीमा छाड्‌ने आदेशमा चित्त नबुझेपछि आत्महत्या गर्छु भन्दै विष सेवनको प्रयास गरेकी हुन्।

“हिजो सुनुवाइ भएर आदेश आएपछि आफ्नो मुद्दाको विषयमा बुझेर अदालत परिसरबाहिर विष सेवनको प्रयास गरेको भन्ने सुरक्षाकर्मीलाई जानकारी भएपछि अस्पताल लगिएको जानकारी पाएँ,” उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानले भनिन्। पाटन अस्पताल लगिएकी ती युवतीको स्वास्थ्य अवस्था हाल सामान्य छ।