काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

४ पुष २०८२
अ+
अ-

काठमाडौं। आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कास्य विजेता चन्द्रबहादुर थापालाई सम्मान गरिएको छ।

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) नेपालले शुक्रबार उनलाई राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्मान गरेको हो। उनले २५ हजार रुपैयाँ प्राप्त गरे। संयुक्त अरब इमिरेट्स (यूएई) भएको च्याम्पियनसिपको ५४ केजी तौलसमूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई पराजित गर्दै कास्य सुनिश्चित गरेका थिए। कास्यसँगै उनले ७५ हजार अमेरिकी डलर पुरस्कारसमेत प्राप्त गरे।

सेमिफाइनलमा चन्द्र विश्व वरीयतामा सातौं स्थानमा रहेका कजाखस्तानका खेलाडीसँग पराजित भएका थिए। विश्व बक्सिङ च्याम्पियनसिपमा पदक जित्ने चन्द्र हालसम्मका एक्ला नेपाली बक्सर हुन्।

प्रतियोगितामा नेपालबाट चन्द्रसहित पाँच खेलाडी सहभागी थिए। ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्वाङ, ६० केजीमा खगेन्द्र रोकामगर र ८० केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। लालप्रसाद उप्रेती क्वार्टरफाइनलसम्म पुग्दै १० हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भए भने बाँकी खेलाडी पहिलो चरणबाटै बाहिरिएका थिए।

टोलीका प्रशिक्षकमा प्रकाश थापामगर, दीपक महर्जन र सुजित पुनमगर थिए।