५ पुष २०८२
अ+
अ-

एएफपी । संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय हुनेछ ।

रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइका क्रममा विशेष न्यायाधीश सेन्ट्रल शाहरुख अर्जुमन्दले फैसला सुनाएको बताइएको छ ।

इमरानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको धारा ५ (२) (सरकारी कर्मचारीहरूद्वारा आपराधिक दुर्व्यवहार) अन्तर्गत सात वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ ।

उनकी श्रीमती बुशरा बीबीलाई पनि सोही प्रावधानअन्तर्गत कुल १७ वर्षको जेल सजाय सुनाइएको उल्लेख गरिएको छ । यस वर्षको अक्टोबरमा इमरान र बुशरा बीबीले सबै आरोपहरू अस्वीकार गरी यो पाकिस्तानी प्रधानमन्त्रीलाई राजनीतिबाट अयोग्य ठहर गर्ने मन गढन्त र राजनीतिक प्रसिोध भएको बताएका थिए ।

डनका अनुसार, पिटिआई संस्थापकले नीति अनुसार उचित प्रक्रियाको पालना गरेको र प्रधानमन्त्री कार्यालय प्रोटोकल खण्डमा रिपोर्ट गरिएको, मूल्यांकन गरिएको र भुक्तानी राष्ट्रिय कोषमा जम्मा भएपछि कानुनी रूपमा राखिएको बताएका छन् ।

लामिछानेले व्यक्तिगत रूपमा आफूले नभई सामूहिक रूपमा समाज र देशले जित्नुपर्ने धारणा राखे। ‘साथीहरूमा केही खुसी छाएको होला, केही रमायौँ होला, नाच्यौँ होला तर हामीले जितेका छैनौँ,’ उनले भने, ‘न व्यक्तिगत रूपमा मैले जितेको छु, न सामूहिक रूपमा समाज र देशले जितेको छ। हामीले जिताउनुपर्नेछ। अब नयाँ र जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने हुन्छ।’

उनले इतिहासले आफूहरूलाई आवेग र उत्तेजना भन्दा माथि उठेर काम गर्ने मोडमा ल्याइपुर्‍याएको बताए। अपदस्थ भएकाहरूलाई गाली गरेर समय बर्बाद गर्ने पक्षमा आफू नरहेको भन्दै उनले उनीहरूलाई इतिहासको कुनामा कसरी संरक्षित र सम्मानित राख्ने भन्नेबारे सोचिरहेको व्यंग्य समेत गरे।

लामिछानेले आफू एउटा वा दुईटा चुनावका लागि नभई एउटा सिंगो पुस्ताका लागि राजनीतिमा आएको बताए। ‘मेरो एउटै सर्त छ, म एउटा चुनावका लागि राजनीतिमा आएको होइन, म एउटा पुस्ताका लागि राजनीतिमा आएको हुँ,’ उनले भने, ‘यहाँ सिंगो पुस्ताको भविष्य खरानी भएको छ। त्यो सपना पूरा गर्न सबै मिल्न तयार हुनुपर्छ।’

उनले घाइते सुरक्षाकर्मीहरूको घाउ पुर्ने र उनीहरूलाई सुरक्षित महसुस गराउने दायित्व पनि आफूहरूको भएको बताए। लामिछानेले आफ्नो व्यक्तिगत कुनै माग नरहेको र देशको न्यायका लागि अन्तिम सास रहुन्जेल लडिरहने प्रतिबद्धता व्यक्त गरे।