काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा वर्तमान राजनीतिक गतिविधिबारे कुराकानी भएको छ।
प्रधानमन्त्री कार्कीसँग सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएका लामिछानेको यो पहिलो भेट हो।
अदालतको आदेशपछि थुनामुक्त भएपछि लामिछाने हिजो (शनिबार) काठमाडौँ आएका थिए।
लगत्तै उनलाई आज (आइतबार) पार्टी कार्यालयमा स्वागत गरिएको थियो। उनकै सभापतित्वमा रास्वपाको बैठकसमेत बसेको थियो। बैठकपछि लामिछानेले वर्तमान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए।