काठमाडौँ। ‘जेन-जीको माग चुनाव होइन‚ सुशासन हो’ भन्दै काठमाडौँको माइतीघरमा युवाहरुले नारा लगाएका छन्।
मिराज ढुंगाना नेतृत्वको जेन-जी समूह ‘गरिखान देऊ’ले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरे। उनीहरुले विभिन्न नाराअंकित प्लेकार्ड बोकेका थिए। सरकारविरोधी नारा लगाउँदै उनीहरुले प्रदर्शन गरे।
‘गरिखान देऊ’ समूहले विभिन्न माग राख्दै प्रदर्शन गर्दै आएको छ। यो समूहले आइतबार मात्र पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। यो समूहले पहिले सुशासन त्यसपछि निर्वाचन भन्दै चुनावविरोध प्रदर्शन गर्दै आएको छ।
हेर्नुहोस् थप तस्बिर :
