काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
अ+
अ-

रामेछाप। ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन्।

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उनले निर्वाचनका लागि आवश्यक तयारी भइरहेको पनि दाबी गरे। एक महिनाअघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उनको भनाइ थियो।

“सत्तरी/असी वर्ष पुराना पार्टी परास्त गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ‚” उनले भने।

जेन-जी आन्दोलनपछि गठित सरकारमा आफू सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुभन्दा फरक तरिकाले काम गरेको उनले बताए।