काठमाडौं। आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर २३ तारिख। पौष शुक्ल पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: राज्यबाट मान सम्मान पाइनेछ। विद्या र बुद्धिको विकास हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ।
वृष: आज निर्णायक क्षमतामा कमी आउनेछ। प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।
मिथुन : आज दैनिक कार्यमा प्रगति हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। रोकिएको धन हात पर्ला। राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ।
कर्कट: आज धर्म कर्ममा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धन लाभ हुनेछ।
सिंह: आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। भूमि लाभ पनि रहला।
कन्या: यात्रा गर्दा सचेत हुनुपर्नेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। नजिकका व्यक्तिबाट धोका पाइएला।
तुला: प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। जोशजाँगर र उमंग बढ्ला। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। मनोबल उच्च पनि रहनेछ।
वृश्चिक: छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइनेछ। शुभ समाचार सुन्न पाइएला।
धनु: मित्रबाट विशेष सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धनगम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।
मकर: स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ। शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ।
कुम्भ: आज भाग्यले विभिन्न अवसर जुराउनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। शिक्षामा सफलता पनि पाइनेछ।
मीन: आज भाग्यले राम्रै साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सफल र माइलो यात्राको योग रहेको छ। धर्म, कर्ममा मन लाग्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।