काठमाडौँ। भाद्र २४ गतेको जेन जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गरिएको आगजनी र सिंहदरबार भित्र बन्दै गरेको नयाँ संसद भवनको निर्माण कार्य अहिलेसम्म पनि सम्पन्न नहुँदा संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि सभा हल निर्माणको कार्य तीव्र पारिएको छ।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक हकलाई मर्मत र बिस्तार गरी राष्ट्रिय सभा बस्ने गरी व्यवस्था मिलाउने काम भइरहेको ।
निर्माणाधीन सो बैठक कक्षमा बैठक हलसँगै राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसद जाने बाटो पनि तयार गरिँदैछ भने दर्शकदीर्घा, सञ्चारकर्मी बस्ने गरी तयारी गरिँदै छ।
सो सभा हल पुस १५ भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । बैठक कक्ष निर्माण सम्पन्न भइसकेपछि माइक र क्यामेरा जडान कार्य अगाडी बढाउने छ।