काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिका बैठकहरू बस्दै छन्।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल हुनेछ ।
यस्तै दिनको २:३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका काम कारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने (इएलए)को सहजीकरण सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
साथै, राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालन गर्दा अनिवार्य मानिने वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रियालाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि बैठक केन्द्रित रहनेछ।