काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

८ पुष २०८२
अ+
अ-

हेटौंडा। हेटौंडा सडक विस्तारका पिडीतहरूले माइतिघरमा बाजा सहित विरोध प्रदर्शन गरेका छन्।

सडक विस्तारका लागि सरकारले निजी सम्पत्ति माथि डोजर चलाएको र पीडितलाई उचित क्षतिपूर्ति समेत उपलब्ध नगरेको उनीहरूको गुनासो छ।

सो विषयमा सरकारले कुनै पनि माग सम्बोधन नगरेको हुनाले हेटौडाबाट माइतीघरमा आई प्रदर्शनी गर्नु परेको हेटौडा बसोबास संरक्षण समितिका सदस्य भुवन श्रेष्ठले जानकारी दिए।

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन्।

माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे बाजा बजाएर विरोध प्रदरेशन गरेका हुन्।