काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ।
यसपल्ट छनोट नेपालमै आयोजना हुँदैछ। १४ जनावरीदेखि १ फ्रेबुअरीसम्म हुने प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ।
नेपालले दुई खेल मूलपानी र दुई खेल त्रिविमा खेल्नेछ। नेपाल र थाइल्यान्ड समूह ‘बी’ मा छन्। यो समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड पनि छन्।
नेपालले दोस्रो खेल २२ जनावरीमा नेदरल्यान्डसँग मूलपानीमै खेल्नेछ। त्यसपछि २४ जनावरीमा जिम्बाबे र २६ मा स्कटल्यान्डसँग खेल्ने समूह चरणका खेल सकाउने छ। यी दुई खेल भने त्रिवि क्रिकेट मैदानमा हुनेछ।