काठमाडौँ। काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइधारा मन्दिरस्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका-५ घर भई बसुन्धरा बस्ने २१ वर्षीय सागर खड्का छन्।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा बुधबार राति सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
दुर्घटनामा अर्का एक युवा घाइते भएका छन्। अर्घाखाँची सन्धिखर्क नगरपालिका घर भई बालाजु हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउत घाइते रहेको भट्टराईले बताए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बुधबार राति साढे १० बजे बा.प्र.०१-००६ख ३४५४ नम्बरको टिपरले लु५९प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि टिपर चालक फोरार भएका छन्।
चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।