काठमाडौँ
००:००:००
१३ पुष २०८२, आईतवार

१३ पुष २०८२
अ+
अ-

पोखरा। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सबै वैकल्पिक शक्तिहरूसँग सम्मानजनक रुपमा सहकार्य गरेर जान तयार रहेको बताएका छन्।

पोखरामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको दल र उसकै चुनाव चिह्नलाई मानेर जाँदा आफ्नो पार्टीको अस्तित्व नहुने तर्क गरेका हुन्।

घिसिङले भने, ‘आजको दिन नेपाली जनताले वैकल्पिक शक्तिहरु एक भएर अगाडि बढोस भन्ने र नयाँ नेतृत्व देओस भन्ने चाहेका छन्। त्यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ । त्यसतर्फ उज्यालो नेपाल पार्टी सदैव अग्रसर छ। एउटा सम्मानजनक उपस्थिति, आत्मसम्मान र आफ्नो स्वाभिमानलाई यथास्थितिमा राखेर, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं । सहकार्य गरेरै अगाडि बढ्ने हो। यसतर्फ धेरै कुराहरु भइरहेको छ। आगामी दिनमा रिजल्ट आउने म विश्वास व्यक्त गर्न चाहन्छु ।’

उनले बिजुलीको चिम चुनाव चिह्न राखेर उज्यालो पार्टी नेपाल नामक दल खोल्न लगाइसकेका छन्। यसअघि बालेन र कुलमानले पटक–पटक भेटवार्ता गरी एकताको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको बताएका थिए। तर, रवि र बालेन एक हुँदा कुलमान छुटेका छन्।