काठमाडौँ। काठमाडौंको ठमेलस्थित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्गलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार फरार अवस्थामा रहेका उनलाई परिसरको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो।
अलफ्ट होटल परिसरमा सञ्चालित क्यासिनोमा क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यसअघि सो प्रकरणमा भारतीय नागरिक सुरेश महाजनसहित ६ जना पक्राउ परेका थिए।