काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

मधेसको राजनीति

चार पार्टीबीच एकतासँगै प्रदेश सभाको आर्थिक भार पनि कम

१४ पुष २०८२
अ+
अ-

धनुषा। दुई मधेसकेन्द्रित राजनीतिक दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकता गर्ने निर्णय भएको छ। यो निर्णयसँगै मधेसमा ठूलो शक्ति बन्नेछ।

प्रदेश सभामा नेकपा एमाले २५ सिटसहित पहिलो राजनीतिक दल थियो। अब जसपा र लोसपाको एकीकरणसँगै मधेसमा यो पहिलो शक्ति बनेको हो। मधेस प्रदेश सभामा जसपाको १९ र लोसपाको नौ सिट छ। दुवै पार्टी मिले २८ सिट बन्नेछ। साथै एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो दल हुनेछन्। त्यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीसँग १६ सिट छ। तत्कालीन माओवादीसँग नौ र एकीकृत समाजवादीसँग सात सिट छ।

त्यसैगरी जनपमत पार्टीसँग १३ सिट छ। मधेस प्रदेशसभामा अहिले १० राजनीतिक दलको प्रतिनिधित्व छ। पार्टी एकतापछि आठ पार्टीको मात्रै प्रतिनिधित्व प्रदेश सभामा हुनेछ। जसमध्ये तीनजना निलम्बित छन्। निलम्बित हुनेमा एमाले,जसपा र लोसपाका समान १-१ जना छन्।

उपेन्द्र-महन्थको पार्टी एकीकरण

चार पार्टीबीच एकतासँगै प्रदेश सभाको आर्थिक भार पनि कम हुनेछ। चार दल मिलेर दुईवटा बनेपछि संसदीय दलका नेता र प्रमुख सचेतकले पाउने सुविधा दुई-दुईवटा घट्नेछ। साथै उनीहरुको सचिवालयको सुविधा पनि घट्नेछ।

यस्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू जसपा नेपालमा फर्किएका छन्। सोमबार जसपा सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा आफूसहित बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किएका हुन्। उनले पनि जसपा नेपाल र जसपाबीच एकीकरण गर्ने निर्णय गरेका छन्।

जसपाका नेता प्रदीप यादवले मधेस आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीयता गणतन्त्रको संरक्षण एवं संवर्द्धन तथा मधेस र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि जसपा नेपाल र जसपाबीच एकता अपरिहार्य रहेको बताए। एकताको सहमतिपत्रमा जसपा नेपालका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् भने जसपाका तर्फबाट सह-अध्यक्ष रेणु यादवले हस्ताक्षर गरेकी छन्।

यसैबीच जसपा फर्किएका नेताहरू रेणु र प्रदीपलगायत नेतालाई उपेन्द्र यादवले स्वागत गरेका छन्। यसअघि राजेन्द्र श्रेष्ठलगायत नेताहरूले पनि अशोक राई नेतृत्वको जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए।

र‚ यो पनि…

पूर्वमुख्यमन्त्रीहरूलाई ‘चोरबाटो’बाट सरकारी सुविधा