काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

१४ पुष २०८२
अ+
अ-

काठमाडौं। विश्व हिन्दु युवा संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिले बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको आक्रमण तथा हिन्दु युवा दिपुचन्द्र दासको हत्याबारे कूटनीतिक निकायमार्फत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।

नेपालस्थित बंगलादेशी दूतावासमार्फत समितिले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको हो। नेपालस्थित राजदूत सफिकुर हमानमार्फत हिन्दुमाथिको आक्रमण र दासको निर्मम हत्याको विरोध गर्दै बंगलादेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो।

राजदूत रहमानमार्फत बंगलादेशमा भइरहेको हिंसा रोक्न तथा शान्ति बहालीका लागि आग्रह गरिएको विश्व हिन्दु युवा संघका अन्तर्राष्ट्रिय विभाग प्रमुख सुवास पौडेलले जानकारी दिए। ध्यानाकर्षणपत्र बुझाउन संघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्यक्ष ऋषिकेशजंग शाह, सल्लाहकार सुरेन्द्र रेग्मी, योगेन्द्र बहादुरसिंहलगायत बंगलादेशी दूतावास पुगेका थिए।