काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले द काउन्सिल अफ जेनजीका सुधन गुरुङको प्रशंसा गरेका छन्।

सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सुधन गुरूङले निर्वाह गरेको भूमिका १०० वर्षसम्म देशले बिर्सन नसक्ने बताएका हुन्।

‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? त्यो नै महत्वपूर्ण हुन्छ। बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यु, ब्रदर,’ उनले लेखेका छन्।

आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच एकताको सहमति भएको थियो। त्यसको भोलिपल्ट रास्वपा सभापति लामिछाने र कुलमान घिसिङबीच पनि एकताको सहमति भएपछि यी सबै प्रक्रियाका लागि मेयर बालेनले जेनजी अगुवा सुधन गुरूङलाई धन्यवाद दिएका हुन्।