काठमाडौँ। बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ।
८० वर्षीया जियाको ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो।
बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पार्टीको आधिकारिक फेसबुक पेजमार्फत उनको मृत्युको पुष्टि गरिएको छ।
मुटु र फोक्सोमा संक्रमण देखिएपछि उनलाई गत नोभेम्बर २३ मा अस्पताल भर्ना गरिएको थियो। उनी निमोनियाबाट समेत पीडित थिइन्।