काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाल भलिबल संघको आयोजनमा राजधानीमा जारी नवौं एनभीए महिल तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदैछ।

महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् । खेल बिहान ९ बजेदेखि हुनेछ।

पुरुषतर्फ दिउँसो २ बजे हुने खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ। पुलिसले क्वाटफाइनलमा कोशी प्रदेशलाई तथा हेल्प नेपालले बूढानीलकण्ठलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन्।

अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मीले रुकुम पश्चिमसँग दिउँसो चार बजे प्रतिस्पर्धा गर्ने छन्। रुकुमले एपीएफ तथा आर्मीले खिल्जीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन्।