काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
अ+
अ-

कालीकोट। कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ।

सडक चौडा गर्ने, घुम्ती फराकिलो पार्ने र वर्षा यामको पानी व्यवस्थित ढङ्गले निकासको प्रबन्धका साथ सडक कालोपत्र भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार यादवले बताए।

हुल्मदेखि अस्पतालसम्मको चार किलोमिटर र अस्पतालदेखि मान्म ‘जिरो पइन्ट’सम्मकोे साढे एक किलोमिटर कालोपत्र प्रायः पूरा भएको उहाँले जानकारी दिए।

सडक स्तरोन्नतिका निम्ति रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो।