काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
अ+
अ-

काठमाडौं। न्यु डाइमन्ड स्पोर्ट्स युथ क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न महिलातर्फको पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डाइमन्ड उपाधिनजिक पुगको हो।

न्यु डाइमन्डले पहिलो सेट २५–१७ ले सहजै जितेको थियो। दोस्रो सेट २५–२० ले जित्दा तेस्रो सेट २५–७ ले आफ्नो पक्षमा राख्दै टोलीले फाइनलमा स्थान सुरक्षित गर्‍यो।

न्यु डाइमन्ड लिग चरणमा समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। उसले एभरेस्ट भलिबल क्लब, त्रिभुवन आर्मी क्लब र चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो।

उता एपीएफ भने समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो। एपीएफले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशलाई समान ३–० को सेटम पराजित गरेको थियो। नेपाल पुलिस क्लबसँग भने ३–२ को हार बेहोरेको थियो।