काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२० पुष २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (सोमबार) बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी २८ देखि ३१ वैशाखसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो। अर्कोतिर कांग्रेस केन्द्रीय कार्यालयमा गत २९ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव पनि विचाराधीन अवस्थामा छ।