काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२४ पुष २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं । आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभावले चिसो हावा चल्नेछ।

अहिले भने कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भएको छ। तराईमा हुस्सु लागेको छ भने पहाड र हिमाली भागमा मौसम सफा छ।

महाशाखाका अनुसार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायमै रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भए पनि आज बाँकी पहाड र हिमालमा मौसम सफा रहनेछ। तराईमा बिहीबार रातिसम्म नै हुस्सु तथा कुहिरोको प्रभाव रहनेछ।