२५ पुष २०८२
तस्बिर : एमाले अध्यक्ष केपी ओलीको सचिवालय
अ+
अ-

काठमाडौं । नेकपा (एमाले)ले सूचना प्रविधिलाई पार्टीको प्रमुख कार्यदिशाको रूपमा अघि बढाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशनमा प्रविधिको प्रभावकारी उपयोगमा जोड दिइएको छ।

निर्देशनमा भनिएको छ कि साम्राज्यवादी शक्तिहरूले आधुनिक प्रविधिको सहारामा ‘कलर रिभोलुसन’ जस्ता गतिविधिमार्फत देशमा अस्थिरता सिर्जना गर्न प्रयास गरिरहेका छन्।

यस्ता गतिविधिको प्रतिवाद गर्न एमालेका सबै तहका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जाललाई सक्रिय र संगठित रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। पार्टीको नीति, चुनावी घोषणापत्र तथा उम्मेदवारहरूको प्रचार–प्रसारलाई योजनाबद्ध ढंगले अघि बढाउन पनि निर्देशनमा जोड दिइएको छ।