काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आजका लागि तय गरिएका सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री होमनाथ दाहालको शुक्रबार राति निधन भएपछि विशेष महाधिवेशनसँग सम्बन्धित शनिबारका कार्यक्रम रद्द गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जारी गरेको सूचनामा उल्लेख छ।

विशेष महाधिवेशन अन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा र्‍यालीसहित विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी थियो। तर शोकका कारण ती सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

यद्यपि पुस २७ गते आइतबारका कार्यक्रमहरू भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछन्। आइतबार भृकुटीमण्डपमै विशेष महाधिवेशनको औपचारिक कार्यक्रम आयोजना गरिनेछ।

संयोजक आचार्यले विज्ञप्तिमा लोकतान्त्रिक आन्दोलनका समर्पित अभियन्ता, कांग्रेसका वरिष्ठ नेता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनले स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।