काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्यप्रगतिका विषयमा जानकारी लिएकी छन्। त्यसअवसरमा निर्वाचन आचारसंहिता लागु गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको छ।

बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल‚ कानुनमन्त्री अनिलकुमार सिन्हा‚ शिक्षामन्त्री महावीर पुन‚ मुख्यसचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो।

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी‚ आयुक्तद्वय जानकी तुलाधर‚ सगुनशमशेर जबरा‚ सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो।