काठमाडौँ। माघेसंक्रान्तिको आगमनसँगै थारू बस्तीमा अहिलेदेखि नै उल्लास छाएको छ। आफ्ना परम्परागत वेशभूषामा सजिएर उनीहरूले आफ्नै मौलिक भाकामा गीत गाउँदै नाचेको देख्न सकिन्छ।
दाङका थारू समुदायमा पनि माघीको रौनकले छोप्दै छ । उनीहरूले आफ्नो परम्परागत खान्की ढिक्री पनि बनाइरहेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका ४‚ वनहरिमा ढिक्री पकाइँदै । तस्बिर : दीपक बोहरा/रासस

दाङ महिला जेसिजको आयोजनामा शनिबार दाङको घोराहीमा भएको कार्यक्रममा स्वागत नृत्य प्रस्तुत गर्दै थारू युवती । तस्बिर : कुलदीप न्यौपाने