काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२६ पुष २०८२
अ+
अ-

सिमला। भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

दुर्घटनामा ४० यात्रु घाइते भएका र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था सिकिस्त छ। हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एयटा यात्रुवाहाक बस सडकबाट चिप्लिएर ५०० मिटर गहिरो खोल्सोमा खसेको थियो।

अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै सिकिस्त अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगतसिंह नेगीले बताएका छन्।

अधिकारीहरूका अनुसार बसमा ६६ यात्रु चढेका थिए। बस सोलनबाट हरिपुरधार जाँदै गर्दा दुर्घटना भएको थियो। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको भारतको अल इन्डिया रेडियोले जनाएको छ।