प्रधानमन्त्री ओलीको नयाँ वर्ग विश्लेषण
सामान्यतया उच्च वर्ग भन्नाले उच्च आय भएको वर्गलाई बुझाउँछ। स्थायी जागिर, सीमित तर पर्याप्त आय र सन्तुलित जीवन शैली हुनेहरू मध्यम वर्गमा पर्छन्। निम्न वर्गभित्र मजदूरी वा अस्थायी रोजगारी गर्ने न्यून आय भएका र सरकारी सहुलियतमा आश्रित हुनेहरू पर्छन्।
तर, आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको सत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दस्ताबेजमा वर्गसम्बन्धी स्थापित मान्यताभन्दा भिन्न विश्लेषण प्रस्तुत गरेका छन्, जसले वर्गसम्बन्धी मौजुदा मान्यतालाई समेत चुनौती दिन्छ। उनका अनुसार वार्षिक पाँच लाख रूपैयाँभन्दा बढी आय हुनेहरू उच्च वर्गमा पर्छन्। त्यसैगरी यो वर्गसँग तीन हेक्टरभन्दा बढी जमिन वा सहरी जग्गा हुन्छ। त्यस्तै उनीहरूको बैंक, वित्तीय संस्था, उद्योग र व्यवसायमा लगानी हुन्छ।
मध्यम वर्ग बन्नचाहिँ वार्षिक डेढलाखदेखि पाँच लाखसम्म कमाए पुग्छ। साथै, एकदेखि तीन हेक्टर जमिनमा उनीहरूको स्वामित्व हुन्छ। मध्यम वर्गसँग भौतिक, वित्तीय र वौद्धिक सम्पत्ति पनि हुन्छ भने उद्यमशीलता र आधुनिक प्रविधिमा तिनको पहुँच हुन्छ। ओलीका अनुसार निम्न वर्ग हुन कठिन छैन। वार्षिक डेढ लाखभन्दा कम कमाए पुग्छ भने यो वर्ग कि भूमिहीन हुन्छ कि निम्न वर्गसँग एक हेक्टरभन्दा कम जमिन हुन्छ।
ओलीको यो वर्गसम्बन्धी परिभाषाले नेपाली समाजमा उच्च वर्गको संख्या बढाउँछ। किनकि, वार्षिक पाँच लाख कमाउने नेपालको संख्या कम छैन, उल्लेख्य नै छ। ओलीको भनाइ पत्याउँदा एमालेको जारी विधान महाधिवेशनमा आउने नेता–कार्यकर्तामध्ये उल्लेख्य संख्या उच्च वर्गको पुग्न जान्छ। किनकि, विधान अधिवेशनमा सहभागी नेताहरूले प्रयोग गरेका थरीथरीका सवारी साधनले पार्टीमा उच्च वर्गकै वर्चश्व रहेको देखाउँछ।
विस्तृत भिडियोमा :