काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सोही सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य तोलामा १७० रुपैयाँले घटेको छ। यससँगै बिहीबार चाँदीको मूल्य तोलामा ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।