काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएर फर्किने क्रममा। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ । नेपाली काँग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ ।

आजैमात्र शेरबहादुर देउवा नेतृत्वको काँग्रेस नै आधिकारिकता भएको दाबीसहित पूर्णबहादुर खड्का, डा शेखर कोइरालालगायत नेताहरू आयोग पुगेका थिए ।

उनीहरू फर्किएपछि गगन थापा, विश्व प्रकाश शर्मा सहितका नेताहरू आयोग कार्यालय पुगेका हुन् ।

आयोगले उनीहरूलाई विधि र पद्धतिमार्फत निर्णय आउने बताएको थियो । त्यस्तै बिहीबारमात्रै गगन थापासहितले पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको र विवरण अद्यावधिक गरी पाउँ भन्दै आयोगमा विवरणसहित निवेदन बुझाएको थियो ।