३ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। भक्तपुरमा धारिलो हतियार प्रहार गरी छोराले आमाको हत्या गरेका छन्। मध्यपुर ठिमी नगरपालिका-३ तेर्सेटार बस्दै आएकी धनुषा मिथिला नगरपालिका-११ घर भएकी ५० वर्षीया सरिता भण्डारीको शुक्रबार राति हत्या भएको हो।

हत्यामा संलग्न भएको आरोपमा उनकै २७ वर्षीय छोरा प्रवीण भण्डारीसमेत घाइते छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार प्रवीणले आमाको टाउकोमा राति १०:४० मा तरकारी काट्ने चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सरिताको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा राति १०:५५ मा मृत्यु भएको जबेगुले बताए।

आमालाई प्रहारपछि प्रवीण आफैंले आफ्नो टाउकोमा चक्कु प्रहार गरेका थिए। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलबाट चक्कु र रोटी पकाउने तावा बरामद गरेको छ। घटनाको कारणबारे खुलिनसकेको जबेगुले बताए।