काठमाडौँ। नेपाली कांग्रेसले दोलखामा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाएको छ। शिवाकोटी सभापति गगनकुमार थापानिकट हुन्।
थापा नेतृत्वको १३ सदस्यीय उम्मेदवार छनोट संसदीय बोर्डले शिवकोटीलाई दोलखामा उम्मेदवार बनाउने टुंगो लगाएको हो। सोमबार राति उम्मेदवारी टुंगो लागेसँगै शिवाकोटी दोलखामा मनोनयनका लागि पुगिसकेका छन्।
“म उम्मेदवारी पक्का भएपछि दोलखा आएँ, भोलि मनोनयन गर्छु,” शिवाकोटीले भने। शिवाकोटी सभापति गगनकुमार थापानिकट हुन्।
शिवाकोटी पूर्वपत्रकार तथा नेपाल प्रेस युनियनका प्रभावशाली नेता हुन्। एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा एमालेले पूर्वमन्त्री पार्वत गुरुङलाई उम्मेदवार बनाएको छ।
दोलखामा कांग्रेस र एमालेबीच चुनावी प्रतिस्पर्धा रहेको छ।