काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

७ माघ २०८२
अ+
अ-

काठमाडौं। साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेर बन्द भएको छ।

आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६१ अंकले बढेर २७१७.४३ विन्दुमा पुगेको हो।

यस सेसनमा १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

सेसन अवधिभरमा ७५ कम्पनीको २ लाख ७ हजार ८९२ कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।