काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत देशलाई सम्मुनत बनाइने बताएका छन्।
प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ताको एक दिनपछि बुधबार सामाजिक सञ्जालमार्फत थापाले आफ्नो नेतृत्वमा ‘परिष्कृत कांग्रेस’ बनेको भनाइ राखेका हुन्।
थापाले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सर्लाही ४ बाट उम्मेदवारी दिएका छन्। थापाको कडा टक्कर रास्वपाबाट उम्मेदवार रहेका अमरेश कुमार सिंहसँग हुने भएको छ।
कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सबै कांग्रेसीलाई एकै छतमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
पछिल्लो समय पार्टीभित्रको एकता सुदृढ गर्दै अघि बढ्ने लक्ष्यअनुसार टिकट वितरण प्रक्रियामा समेत स्थापनपक्ष वा इतरपक्ष कायम गरेको छैन।