चुनाव
चर्चित र प्रभावशाली अनुहारहरू स्थापित र अनुभवी नेतासँग आमनेसामने हुँदा रोचक र कडा प्रतिस्पर्धा
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता पूरा भएसँगै प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा सुरु भएको छ। २१ फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ तीन हजार ४८४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ६८ राजनीतिक दलका दुई हजार २९७ जना र स्वतन्त्र उम्मेदवारी दिएका एक हजार १८७ जना छन्।
यसपटकको निर्वाचन अघिल्ला चुनावभन्दा फरक देखिन्छ। पालैपालो सत्तामा पुगेका पुराना राजनीतिक दलहरूलाई नयाँ दलले चुनौती दिएका छन्। चर्चित र प्रभावशाली अनुहारहरू स्थापित र अनुभवी नेतासँग आमनेसामने भएका कारण केही निर्वाचन क्षेत्रमा रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ।
मुख्य दलका अध्यक्षहरू स्वयं चुनावी मैदानमा रहँदा निर्वाचन क्षेत्र तातेका छन्। नेतृत्व तहबाटै चुनावी परीक्षा लिने रणनीतिले दलहरूभित्रको शक्ति सन्तुलन र मतदाताको मनोविज्ञानसमेत मापन गर्ने परिस्थिति सिर्जना भएको छ।
उम्मेदवारको संख्या धेरै हुनु मात्र प्रतिस्पर्धाको सूचक भने होइन। असन्तुष्टि, विकल्पको खोजी र राजनीतिक पुन:संरचनाको चाहनाले पनि यो चुनाव विशेष बनेको छ। त्यसैले २१ फागुनको निर्वाचन सिटको लडाइँ मात्रै नभएर पुरानो राजनीतिक अभ्यास र नयाँ अपेक्षाबीचको निर्णायक प्रतिस्पर्धा बन्ने देखिन्छ।
गगन-अमरेश : सर्लाही ४
विशेष महाधिवेशनबाट विद्रोही धारको नेतृत्व गर्दै नेपाली कांग्रेसको सभापति बनेका गगन थापा यसपालि प्रतिनिधिसभा निर्वाचनका लागि मधेस झरेका छन्। उनले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ रोजेका छन्। एउटै निर्वाचन क्षेत्रमा पकड जमाएर बस्नुको साटो आफूलाई परीक्षण गर्न नयाँ नयाँ क्षेत्रमा जानुपर्छ भन्ने मान्यताअनुसार सर्लाही लागेको उनको तर्क छ।
चारपटक प्रधानमन्त्री भइसकेका ओलीसँग चुनावी अनुभव, संगठन र रणनीतिमा बलियो पकड छ। त्यसको तुलनामा शाहको चुनावी अनुभव कम भए पनि उनको लोकप्रियता ओलीका लागि चुनौतीपूर्ण छ।
तर, सर्लाही ४ गगनका लागि सजिलो मैदान होइन। यही क्षेत्रमा कांग्रेसकै पुराना, प्रभावशाली र जनाधार भएका नेता अमरेशकुमार सिंह यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन्। सिंहले कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवार बनेका बेला पनि २०७९ सालको निर्वाचनमा कांग्रेसकै उम्मेदवारलाई पराजित गरिसकेका छन्। त्यसबेला सर्लाही ४ मा एमाले-जसपा गठबन्धनबाट राकेश मिश्र र सत्ता गठबन्धन कांग्रेस-माओवादीबाट नागेन्द्र राय यादव उम्मेदवार थिए।
२०७९ सालको निर्वाचनमा सिंहले २० हजार १७ मत ल्याएका थिए भने कांग्रेसका नागेन्द्रकुमार राय यादव १८ हजार २५२ मतमा सीमित भएका थिए। त्यही निर्वाचनमा स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले पनि १४ हजार ६२२ मत ल्याएर उल्लेख्य प्रभाव देखाएकी थिइन्। यसपालि उनले समेत स्वतन्त्र उम्मेदवारी दोहोर्याएकी छिन्। उनीसहित सर्लाही ४ मा २६ जना स्वतन्त्र उम्मेदवार उठेका छन्।
इतिहास हेर्दा सर्लाही ४ कांग्रेसको पकड क्षेत्र मानिँदै आएको छ। तर, त्यसलाई अमरेशले एक्लै चुनौती दिँदै आएका छन्। भर्खरै कांग्रेसको नेतृत्व सम्हालेका थापाको मधेस यात्रा र सिंहको स्थापित स्थानीय प्रभाव आमनेसामने हुँदा यस क्षेत्रमा प्रतिस्पर्धा अत्यन्त कडा हुने देखिएको छ।
केपी-बालेन : झापा ५
झापा निर्वाचन क्षेत्र नम्बर ५ पनि यसपटक कडा र रोचक चुनावी भिडन्तको केन्द्र बनेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको झापा ५ मा स्थापित र बलियो उम्मेदवार मानिन्छन्। लामो राजनीतिक अनुभव र संगठनात्मक पकडका कारण यो क्षेत्र ओलीको सुरक्षित इलाकाका रूपमा चिनिँदै आएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ओलीले आफ्ना प्रतिस्पर्धीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका थिए। त्यसबेला ओलीले ५२ हजार ३१९ मत ल्याउँदा कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७४३ मतमा सीमित भएका थिए। यस्तै, रास्वपाका उम्मेदवार सुरेश पोखरेलले ११ हजार ७४९ मत ल्याएर वैकल्पिक राजनीतिप्रतिको आकर्षण देखाएका थिए।
तर, यसपटक झापा ५ को चुनावी समीकरण फेरिएको छ। रास्वपाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई मैदानमा उतार्दै ओलीलाई चुनौती दिएको छ। रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ, जसले चुनावी बहसलाई अझ राजनीतिक अर्थ दिएको छ।
शाह विशेषगरी युवा पुस्तामाझ लोकप्रिय छन्। जेन-जी आन्दोलनपछि उनको सार्वजनिक प्रभाव झनै बढेको देखिन्छ। संघीय राजधानी सहर रहेको काठमाडौँको मेयरबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरेका शाह आधिकारिक उम्मेदवार बनेसँगै झापा ५ को चुनावी तापक्रम एकाएक बढेको छ।
चारपटक प्रधानमन्त्री भइसकेका ओलीसँग चुनावी अनुभव, संगठन र रणनीतिमा बलियो पकड छ। त्यसको तुलनामा शाहको चुनावी अनुभव कम भए पनि उनको लोकप्रियता ओलीका लागि चुनौतीपूर्ण छ। यसकारण झापा ५ यसपटक अनुभव र आकर्षण, संगठन र जनभावनाबीचको रोचक प्रतिस्पर्धाको मैदान बन्ने देखिन्छ।
सीके-उमेश : सप्तरी २
प्रतिनिधिसभा निर्वाचनको रोचक भिडन्त हुने सूचीमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ पनि परेको छ। उक्त क्षेत्रमा राष्ट्रिय जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)ले उम्मेदवारी दिएका छन्।
पृथक्तावादी आन्दोलन छाडेर राजनीतिको मूलधारमा प्रवेश गरेलगत्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमार्फत राउतले पहिलोपटक संसदीय यात्रा तय गरेका थिए। पहिलो चुनावी अनुभव नै उनका लागि उत्साहजनक रह्यो। उनले २०६४ सालको मधेस आन्दोलनबाट उदाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले पछि पार्दै जित निकालेका थिए। राउतले ३५ हजार ४२ मत ल्याउँदा यादव १६ हजार ९७९ मतमा सीमित भएका थिए।
पहिलो आम निर्वाचनमै हेभिवेट नेता यादवलाई पराजित गरेको घटनाले राउतलाई मधेसको राजनीतिक शक्ति-सन्तुलन बदल्ने नेताका रूपमा स्थापित गरिदियो।
चुनावी माहोलले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ पनि उत्तिकै तातिएको छ। धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर ‘श्रम संस्कृति पार्टी’ स्थापना गरेका हर्कराज राई यसपटक प्रतिनिधिसभा निर्वाचनमा होमिँदा उक्त क्षेत्रको राजनीतिक समीकरण फेरिएको छ।
विगतको पराजयको राजनीतिक असर अझै मेटिन नसक्दा यादवले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। तर, त्यसले सप्तरी २ को प्रतिस्पर्धा कमजोर छैन। राउतविरुद्ध जनता समाजवादी पार्टीका नेता उमेशकुमार यादव मैदानमा उत्रिएका छन्। विगतमा माओवादी राजनीतिमा सक्रिय उनी यसपटक मधेसी दलको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा छन्। उनले मधेसी दल र माओवादी दुवैतिरको मत तान्न सक्छन्।
पहिचानको आन्दोलनबाट संसदीय शक्तिमा रूपान्तरण भएका राउत र मधेसी राजनीतिका पुराना धारबीचको प्रतिस्पर्धाले सप्तरी २ को चुनावी लडाइँ रोचक बनाएको छ।
उपेन्द्र-दिनेश-ताराकान्त : सप्तरी ३
२०७९ सालको निर्वाचनको पराजयको चोट बोकेर जसपाका अध्यक्ष उपेन्द्र यादव यसपटक सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ पुगेका छन्। मधेसको राजनीतिक सन्तुलन बदल्ने क्षमता राख्ने नेताका रूपमा चिनिएका यादवले तुलनात्मक रूपमा सुरक्षित ठानेर उक्त क्षेत्रमा उम्मेदवारी दिएका छन्।
तर, सप्तरी ३ यादवका लागि सहज छैन। त्यहाँ नेपाली कांग्रेसका नेता दिनेश यादव पहिल्यै स्थापित छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दिनेश यादवले नेकपा (एमाले)का उम्मेदवार ताराकान्त चौधरीलाई पराजित गरेका थिए। उक्त निर्वाचनमा दिनेश यादवले २६ हजार १६६ मत प्राप्त गर्दा चौधरी २२ हजार ३०० मतमा सीमित भएका थिए।
यसपटकको निर्वाचनमा एमालेले पुनः ताराकान्त चौधरीलाई नै उम्मेदवार बनाएको छ। यससँगै सप्तरी ३ मा जनता समाजवादी, नेपाली कांग्रेस र नेकपा (एमाले)बीच त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ।
अघिल्लो निर्वाचनको हारपछि क्षेत्र परिवर्तन गरेका उपेन्द्र यादवको राजनीतिक पुनरुत्थानको प्रयास, कांग्रेसका विजयी उम्मेदवारको पकड जोगाउने संघर्ष र एमालेको पुनरागमनको रणनीतिले सप्तरी ३ लाई यसपटकको निर्वाचनमा प्रतिस्पर्धाको मैदान बनाइदिएको छ।
हर्क-सुजेन्द्र-गोमा : सुनसरी १
चुनावी माहोलले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ पनि उत्तिकै तातिएको छ। धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर ‘श्रम संस्कृति पार्टी’ स्थापना गरेका हर्कराज राई यसपटक प्रतिनिधिसभा निर्वाचनमा होमिँदा उक्त क्षेत्रको राजनीतिक समीकरण फेरिएको छ।
स्थानीय सरकारको नेतृत्व गर्दा राईले धरानमा समर्थन र आलोचना दुवै भोगेका थिए। तर, उनको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ। जनजाति मतदाताबीच उनको लोकप्रियता, सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने अभिव्यक्ति र महत्त्वाकांक्षी छविले उनलाई चर्चित उम्मेदवारका रूपमा उभ्याएको छ। उनी आफैँलाई भावी प्रधानमन्त्री घोषित गरी चुनाव प्रचारप्रसारमा सक्रिय भइसकेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ जनता समाजवादी पार्टी नेपालले जितेको थियो। जसपा नेपालका अशोक राई १७ हजार ५९ मत ल्याएर विजयी भएका थिए। त्यही निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ १६ हजार ६०६ मतसहित कडा प्रतिस्पर्धी बनेकी थिइन्।
यसपटक जसपा नेपालले उम्मेदवार परिवर्तन गर्दै अशोक राईको साटो सञ्जय राईलाई मैदानमा उतारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भने गोमा तामाङलाई दोहोर्याएको छ। त्यसमा हर्कराज राईको नयाँ राजनीतिक प्रवेश जोडिँदा सुनसरी १ मा त्रिपक्षीय भिडन्त स्पष्ट देखिएको छ।
स्थापित दलको संगठनात्मक आधार, नयाँ राजनीतिक प्रयोगको उत्साह र स्थानीय लोकप्रियताको त्रिकोणीय भिडन्तले सुनसरी १ ले निर्वाचनमा ध्यान तान्ने देखिन्छ।
दुई राजेन्द्रको भिडन्त : झापा ३
झापा निर्वाचन क्षेत्र नम्बर ३ सधैँ राजनीतिक प्रतिस्पर्धाको केन्द्रमा रहिरहेको क्षेत्र हो। खासगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाबीचको भिडन्तले यो क्षेत्र चर्चित छ। विगतमा दुवै नेताले दुई दुईपटक चुनाव लडेका छन्, लिङ्देनले २०७४ र २०७९ सालमा जितेका छन् भने सिटौलाले २०५६ र २०७० सालमा जितेका थिए।
निर्वाचनमा सबैभन्दा बढी क्षेत्र परिवर्तन गर्ने नेता पुष्पकमल दाहाल हुन्। नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष दाहाल यसपालि रुकुम पूर्वबाट चुनाव लड्दै छन्। २०७९ सालको निर्वाचनमा दाहाल गोरखा २ बाट विजयी बनेका थिए।
२०७९ सालको निर्वाचनमा लिङ्देनले ४० हजार ६४८ मत ल्याए। सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरे। त्यतिबेला नेकपा (एमाले)ले लिङ्देनलाई चुनावी सहारा दिएको आरोप लागेको थियो।
तर, यसपटक अवस्था फरक छ। प्रतिद्वन्द्वी सिटौलाले टिकट पाएनन्। कांग्रेसले सिटौलाको सट्टा राजेन्द्रकुमार घिमिरेलाई मैदानमा उतारेको छ। नेकपा एमालेले यसपटक हरिबहादुर राजवंशीलाई उम्मेदवार बनाएको छ। प्रतिस्पर्धी दल कमजोर देखिनु र एमाले उम्मेदवारको सीमित प्रभावले गर्दा झापा ३ मा लिङ्देनको चुनावी पकड सुरक्षित देखिएको छ।
माधव-अजय : रौतहट १
चुनावी मैदानमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ सधैँ चर्चाको केन्द्रमा छ। यस क्षेत्रलाई नेपाली राजनीतिको अनुभवसहितको प्रतिरोधात्मक मैदानका रूपमा हेरिन्छ, खासगरी नेकपा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका कारण। नेपालका लागि यो क्षेत्र लामो समयदेखि सुरक्षित मानिँदै आएको छ। २०५६ सालदेखि रौतहटमा लगातार पाँच वटा चुनाव लडेका उनले केवल एकपटक पराजय बेहोरे– २०६४ सालमा। २०५६ सालमा नेपाल रौतहट ४ बाट चुनाव उठेका थिए। त्यसपछि उनी लगातार रौतहट १ बाट उम्मेदवार बनिरहेका छन्।
२०७९ सालमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष रहँदा पनि नेपालले यहाँ सफलता हात पारेका थिए। त्यतिबेला उनले ३३ हजार ५२२ मत ल्याए। उनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले)का अजयकुमार गुप्ता २६ हजार ९२२ मतमा सीमित भएका थिए।
यसपालि पनि रौतहट १ मा नेपाल र गुप्ता आमनेसामने छन्। तर, यसपटक नेपाल माओवादीसँग पार्टी एकता गरेर थप बलियो संगठनात्मक साथसहित चुनावी मैदानमा होमिएका छन्। कांग्रेसले विगतदेखि कमजोर पकड भएका कारण यस क्षेत्रबाट प्रभावकारी चुनौती दिन सकेको छैन। यसपालि कांग्रेसले अनिलकुमार झालाई उम्मेदवार बनाएको छ। रौतहट १ मा माओवादी-एकीकृत समाजवादीको संगठनात्मक बल, नेपालको व्यक्तिगत लोकप्रियता र एमालेसँगको प्रत्यक्ष भिडन्तले यस क्षेत्रलाई रोचक चुनावी मैदान बनाएको छ।
बाबुराम भट्टराई : गोरखा २
गोरखा निर्वाचन क्षेत्र नम्बर २ सधैँ राजनीतिक चर्चाको केन्द्रमा रहँदै आएको छ। यस क्षेत्रमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको व्यक्तिगत र राजनीतिक प्रभाव छ। भट्टराईले पहिलो र दोस्रो संविधानसभा निर्वाचन माओवादीबाट जितेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले माओवादी पार्टी छोडेर आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गरे र सो पार्टीबाट नै जिते।
२०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष (हाल नेपाल कम्युनिस्ट पार्टी) पुष्पकमल दाहाललाई उम्मेदवारीको खाँचो परेपछि भट्टराईले आफ्नो उम्मेदवारी त्यागेर दाहाललाई समर्थन गरेका थिए। भट्टराईको सक्रिय समर्थनका कारण दाहाल निर्वाचित भए।
भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष छन्। उनी दाहाललाई सापटी दिएको आफ्नै निर्वाचन क्षेत्रमा आफैँ मैदानमा उत्रिएका छन्। गोरखा २ स्थायी पकड क्षेत्र भएकाले उनले सहज मानेका छन्।
आफ्नै नेतृत्वमा पार्टी गठनपछि घिसिङ काठमाडौँ क्षेत्र नम्बर ३ को उम्मेदवार बनेका छन्। उनी सत्तामा हुँदा या बाहिर रहँदा पनि चर्चित छन्।
तर, एमालेले उम्मेदवारमा गुन्डा नाइकेका रूपमा चिनिएका चक्रे मिलन (मिलन गुरुङ)लाई उठाएसँगै चुनावी रोचकता बढेको छ। त्यसैगरी, नेकपाले विद्यार्थी नेता लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ, जो भट्टराईका शिष्यका रूपमा परिचित छन्। यसरी पूर्वप्रधानमन्त्री-चेला-डन तीनखाले प्रत्यक्ष भिडन्तले गोरखा २ चर्चामा छ।
पुष्पकमल दाहाल : रुकुम पूर्व
निर्वाचनमा सबैभन्दा बढी क्षेत्र परिवर्तन गर्ने नेता पुष्पकमल दाहाल हुन्। नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष दाहाल यसपालि रुकुम पूर्वबाट चुनाव लड्दै छन्। २०७९ सालको निर्वाचनमा दाहाल गोरखा २ बाट विजयी बनेका थिए।
यसपटक उनले गोरखा २ छोडेर रुकुम पूर्वमा उम्मेदवारी दिएपछि उक्त क्षेत्र फेरि चुनावी ध्यानको केन्द्र बनेको छ। रुकुम माओवादीको परम्परागत पकड क्षेत्र मानिन्छ। माओवादी अहिले बदलिएर औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी बनिसकेको छ। तर, २०७९ सालको निर्वाचनमा त्यहाँ स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका थिए। पुनले तत्कालीन नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तेजबहादुर ओलीलाई पराजित गर्दै चार हजार ४६५ मत ल्याएका थिए। ओलीले तीन हजार ९३२ मत ल्याएका थिए। सुरुल माओवादीकै नेता थिए। तर, पार्टीले अर्कै उम्मेदवार उठाएपछि स्वतन्त्र रूपमा मैदानमा आएका थिए।
तीनपटक प्रधानमन्त्री भइसकेका दाहाल राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्ने नेताका रूपमा विकट र जनयुद्धको उद्गमभूमि रुकुम पूर्वबाट चुनावी मैदानमा उत्रिँदा यो क्षेत्र स्वाभाविक रूपमा चर्चामा छ। यस क्षेत्रमा कांग्रेसले कुसुमदेवी थापा र नेकपा (एमाले)ले लीलामणि गौतमलाई उम्मेदवार बनाएका छन्। माओवादीको संगठनात्मक पकड र दाहालको राजनीतिक शक्ति मिलेर रुकुम पूर्वमा उनलाई चुनावी फाइदा हुने देखिन्छ।
कुलमान-राजु : काठमाडौँ ३
काठमाडौँ क्षेत्र नम्बर ३ चुनावको चर्चामा नहुने कुरै छैन। नेपाल विद्युत् प्राधिकरणमा हुँदा लोडसेडिङ हटाएर चर्चा पाएका कुलमान घिसिङ त्यहाँबाट हटेपछि जेन-जी आन्दोलनपछिको सरकारमा मन्त्री बने। मन्त्री पद त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिन पुगेका घिसिङ अन्तत: अन्तिममा उक्त पार्टीसमेत छोडेर आफ्नै नेतृत्वमा पार्टी गठन गर्न पुगे। उनी उज्यालो नेपाल पार्टीका अध्यक्ष हुन्।
आफ्नै नेतृत्वमा पार्टी गठनपछि घिसिङ काठमाडौँ क्षेत्र नम्बर ३ को उम्मेदवार बनेका छन्। उनी सत्तामा हुँदा या बाहिर रहँदा पनि चर्चित छन्। घिसिङसँग नेपाली कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू प्रतिस्पर्धी बन्ने देखिएको छ।
चुनावी मैदानमा घिसिङ नयाँ हुन्।
२०७९ सालको निर्वाचनमा काठमाडौँ ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए। चालिसेले एमालेका कृष्णबहादुर राईलाई पराजित गरेका थिए। चालिसेले १५ हजार १५८ मत प्राप्त गरेका थिए। एमालेका राईले ११ हजार १९६ मत ल्याएका थिए। २०७४ सालको निर्वाचनमा चुनावमा राई निर्वाचित भएका थिए। अर्थात् एमाले-कांग्रेसले प्रतिस्पर्धा गरिरहेको यस क्षेत्रमा घिसिङको इन्ट्री भएको छ।
यसपटक एमालेले उम्मेदवार बदलेर रामेश्वर फुयाललाई मैदानमा उतारेको छ। कांग्रेसले पनि उम्मेदवार फेरेर रमेश अर्याललाई टिकट दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजु पाण्डे मैदानमा छन्। २०७९ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पाँच हजार ८६५ मत ल्याएका थिए।
घिसिङले ‘मिड-लेयर’ र ‘नयाँ मतदातालाई आकर्षित गर्ने शक्ति’ राख्छन्। यदि उनले पुराना पार्टीहरूले नगरेको मत आकर्षित गर्न सके भने यो क्षेत्रमा उलटफेर हुन सक्छ। यसले सहरी निर्वाचन क्षेत्रहरूमा पुराना दलहरूमा चुनौती र नयाँ पार्टीको सम्भाव्यता दुवै देखाउँछ।
रवि लामिछाने : चितवन २
२०७९ को प्रतिनिधिसभा निर्वाचनयता चितवन निर्वाचन क्षेत्र नम्बर २ चर्चामा रहँदै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सनसनीपूर्ण जित निकालेपछि यो क्षेत्र राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेको हो। पार्टी गठन गरेलगत्तै चुनावी मैदानमा लामिछानेलाई मतदाताले अत्यधिक मन पराए।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेका लामिछाने अत्यधिक मतसहित विजयी भएका थिए। चुनाव जितेपछि उनी गृहमन्त्रीसमेत बने। तर, नागरिकतासम्बन्धी विवादका कारण उनको सांसद पद खारेज भयो।
त्यसपछि भएको उपनिर्वाचनमा नयाँ नागरिकता लिएर पुनः उम्मेदवार बनेका लामिछाने झन् धेरै मत ल्याउँदै निर्वाचित भए। उपनिर्वाचनमा उनले ५४ हजार १७६ मत प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्रै ल्याए।
पहिलो निर्वाचनमै लामिछानेले ४९ हजार ३०० मत ल्याएर प्रतिस्पर्धीभन्दा चार गुणा बढी मतसहित जित हासिल गरेका थिए। यसले चितवन २ मा उनको बलियो पकड पुष्टि गरेको छ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि लामिछाने चितवन २ बाटै उम्मेदवार बनेका छन्। कांग्रेसले मीनाकुमारी खरेल र एमालेले अस्मिन घिमिरेलाई उम्मेदवार बनाएका छन्। दुवै नयाँ अनुहार भएकाले यसपटक पनि चितवन २ मा लामिछानेको चुनावी यात्रा सहज देखिन्छ।