काठमाडौं ।निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बनाउन नयाँ नेता मिल्नुपर्ने बताएका छन्।
नयाँ नेता नमिलेमा नयाँ मान्छे प्रधानममन्त्री बन्न नसक्ने उनको भनाइ छ। रातारात मन्त्री पदबाट राजीनामा बुझाएर म्याग्दीमा पुगेका पुनले प्रतिनिधिसभा सदस्यका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यातालिका अनुसार बिहीबार उम्मेदवारको नाम फिर्ता लिने दिन भएको भन्दै उनले कति जनाले नाम फिर्ता लिने हुन त्यो हेर्न बाँकी रहेको बताए।
उनले नयाँ नेताले नयाँ मान्छेलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन्।