ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पाथिभरा माताको दर्शन गरेका छन्। चुनावी अभियानका क्रममा ताप्लेजुङ पुगेका बालेनले शुक्रबार बिहान प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिरमा पूजा–अर्चना गरेका हुन्।
बिहीबार साँझ इलाम र पाँचथर हुँदै ताप्लेजुङ आइपुगेका बालेन झापा–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा मैदानमा छन्। चुनावी व्यस्तताबीच उनले धार्मिक आस्थालाई पनि महत्व दिँदै पाथिभरा माताको शरण लिएका हुन्।
स्थानीयस्तरमा उनको आगमनलाई चासोका साथ हेरिएको छ भने दर्शनपछि बालेनले जिल्लामा विभिन्न राजनीतिक भेटघाट र अभियानलाई तीव्र बनाउने तयारी गरेका छन्।