काठमाडौँ
००:००:००
९ माघ २०८२, शुक्रबार

९ माघ २०८२
अ+
अ-

काठमाडौँ। सानोथिमिस्थित बाल सुधारगृहको अहिलेको अवस्था सामान्य बनेको छ। सुरक्षाका लागि भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

बिहीबार राति बाल सुधारगृहमा दुई समूह बीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो।

दुई समूह बीच झडप हुँदा नियन्त्रणकाका लागि थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचाल गरिए पनि प्रहरी माथि नै ढुङ्गा प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो र आगो नियन्त्रकका लागि मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्र परिचालन गरिएको थियो ।

सो सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन् ।