काठमाडौँ
००:००:००
९ माघ २०८२, शुक्रबार

९ माघ २०८२
अ+
अ-

काठमाडौं। नेपालमै पहिलोपल्ट चेसको पजल सोल्भिङ प्रतियोगिता आइतबार हुने भएको छ । हिमालयन चेस एकेडेमीले वल्र्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँग सहकार्य गर्दै देशकै पहिलो पजल सोल्भिङ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूले भने, ‘चेसमा पजल सोल्भ गर्दा खेलको विश्लेषणलाई सहज बनाउँछ । समग्रमा पजल सोल्भिङले चेस खेल्ने क्षमता अभिबृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट २०२६ को एउटा प्रतियोगिताको रुपमा नेपालमा पहिलोपल्ट पजल सोल्भिङ कन्टेस्ट आयोजना गर्न लागिएको हो ।’

इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) सन् २००५ मा सुरु भएको हो । गत वर्ष भएको २१ औं संस्करणमा २८ देशका ४६ सहरमा ७ सय ४५ जनाले प्रतिस्पर्धा गरेका थिए । त्यसैले २२ औं संस्करणमा नौ सय बढी खेलाडीको कीर्तिमान उपस्थिति हुने अपेक्षा गरिएको छ, जहाँ २७ देशका ६५ सहरमा एकसाथ २५ जनवरी (आइतबार) मा आयोजना गरिदैछ । यसमा नेपालका काठमाडौं तथा भारतका नौ सहर पनि छन् ।