काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठक आज (आइतबार) सिंहदरबारमा बसेको छ। बैठकले वेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।
त्यसैगरी बैठकले प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरेको छ।
पार्टीले दलको नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व गठन गरेको हो।